Rule 14
स्टकको धनी नाबालक वा बहुलाएको भएमा

(१) कुनै स्टकको धनी नाबालक वा बहुलाएको छ भनी बैड्ढलाई थाहा हुन आएमा सो कुराको जा“चबुझ बैड्ढले गर्न सक्नेछ र सो कुरा प्रमाणित हुन आएमा त्यस्तो स्टकको धनीको संरक्षक मनोनीत गर्नलाई बैड्ढले सम्बन्धित प्रमुख जिल्ला अधिकारी, गाउ“ विकास समिति वा नगरपालिकालाई अनुरोध गर्न सक्नेछ र सो बमोजिम गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि उक्त उपनियम अन्तर्गत मनोनीत संरक्षकबाट संरक्षितको हकमा कुनै किसिमको बाधा पर्ने भएमा सो संरक्षकलाई बैड्ढले मान्यता दिन कर लाग्ने छैन ।